म टुप्पी बाहुन -लेख पृथ्वीराज पोख्रेल (संस्कृत बढ्दै गरेको थिठो)

………….. कहिलेकाहिँ पछिल्लो जीवनकायादहरु घचघच्याउन आउँछन् । जीन्दगीकाआगामी दिनलाई एकछिन ध्यानमग्न भएर सोच्ने गर्छु । म आधाशहरिया र आधागाउँले । ब्याचलरसम्म भएपनि पढेकै छु । अब गाउँमागएर हलो चलाउन सक्दिन;अहिलेसम्म पढेको पढाइले सराप्छ । शहर बजारमाबसौँ पढेको पढाइले जागीर पाइँदैन । बेरोजगार हरु आफ्नै घरमा त हेपिन्छन् साहेब अरुको त कुरै नगरौँ । अनि पढेको त झन् संस्कृत व्याकरण पो हो त । योग, आयुर्वेद र ज्योतिष पढेको भए पैसा कमाउने कुनै बाटो हुन्थ्यो । व्याकरण पढ्न सुरु गर्दा(६ कक्षाबाट) पैसा कमाउने कुराको सोच आउने अवस्था नै थिएन । यो त भयो जिवनमा पहिलो खड्को ।

“टपरे” “टुप्पी” “बाहुन काठा” “घाँस खाने” यी र यस्ता शब्दहरु त हामी संस्कृत पढ्नेहरुका कानमा दिनदिनै पर्छन् । तीशब्दहरु मुटुसम्म पुग्छन् ; आफ्ना शब्दब्रह्म का बलले मुटुपनि फोरिदिन्छन् र आफ्नै उत्पत्तिस्थान खोज्दै मूलाधारतिर लम्किन्छन् । कामगरिन्जेल “संस्कृत”विद्याका प्रशंसा सुनेरै सकिँदैन । पाठ गरेर, ढोग गरेर उसैको पाउको जलखाएर निस्केको ब्राह्मणलाई गेट बाहिर पुग्नेबित्तिकै “टपरे” शब्दले समातिहाल्छ । समाजमाआज सबैभन्दातल्लो स्थानयही “टपरे बाहुन”अर्थात् संस्कृत पढ्ने विद्यार्थी को छ ।

हामी ब्राह्मण कुमार अर्थात् कुनैपनि क्षेत्रमा कुनै पनि प्रकारका आरक्षण कोटा र प्राथमिकता नपाउने जन्तुहरु । मैले कोटा चाहियो भनेको भने होइन बरु कोटाले गर्दा दक्ष व्यक्ति बाहिर हुने परम्पराको विरोध भने गरेको हुँ । र यहाँआएर एउटा संस्कृत पढ्ने विद्यार्थीलाई रोक्ने अर्को कारण सृजना हुन्छ ।

म “नत्वा सरस्वतीं देवीं…..” “अइउण् ऋलृक्” बाट सुरु गरेर प्रौढमनोरमा, महाभाष्य र परिभाषेन्दुशेखर पढ्दै गरेको युवाले जागिर खाने क्षेत्रहरु कहीँकतैपनि छैन । (कृपया छ भने खबर गरिदिनुहोला) । नेपाल संस्कृत विश्वविद्यालय र अन्य संस्कृत विद्याधामबाट उत्पादित यस्ता अप्रयोजनीय शक्तिहरु नेपालभरि छरिएर दिमागमा गह्रुँगो विचार र दिलमा एउटा पीडा बोेकेर हिँडीरहेका छन् । म (पृथ्वीराजपोख्रेल) लाई एउटा साइन्स, म्यानेजमेन्ट र एच.एम पढेको युवाले हेपाहा पाराले हेर्दछ । एकजना शिक्षक मलाई दयाले हो या के ले हो च्वच्व गर्छ । एउटा सानो बालक पनि मलाई टुप्पी भन्न पाउँदाआँफैलाई गौरवान्वित महशुस गर्दछ । र यी ने.सं.वि का उत्पानदहरु एउटा कुनै घरमा रुद्री, श्राद्ध र चौरासीमा मात्रै भेटिन्छन् ।

“बाबुलाई श्राद्ध गराउन आउँछ ?” “सोमबारको व्रत बस्दा के हुन्छ गुरु जी?” यस्ता बकवास प्रश्नहरुले हामीलाई कति हैरान बनाउँछन् होला? जब कि आश्रममा “डुक्रिन्करणे” भन्दै चिच्याउनुपर्छ र ‘सुधी+उपास्य‘ भन्दै गुरुहरुलाई पाठ बुझाउनुपर्छ अनि“ऊध्र्वमूलमधःशाखा…” भन्दै खाना खानुपर्छ । हात हेराइदिनु । मैले के गर्दा राम्रो होला?श्राद्ध के हो ?क्रिया किन बस्नपर्यो यस्तो अन्धविश्वास ?महिलालाई अपमाना किन?यी र यस्ता प्रश्नहरुले म हरेक दिन चिथोरीइराखेको हुन्छु ।
विवाहका लागि केटी हेर्न गयो “बाबुले कति पढ्नुभाहो ? के गर्दै हुनुहुन्छ ?” “म संस्कृत पढ्छु ……” यो वाक्य पुरा हुननपाउँदै केटी का पिताजी को नाक खुम्चिन्छ र छोरी दिनइन्कार गर्छन्, जुनबाउले अघिल्लोपटक आफ्नो घरमा आउने पण्डित युवकलाई संस्कृत शिक्षाको महत्वबारे एक घण्टे प्रवचन दिएर सम्झाएका थिए । संस्कृत पढेर पनि बिहे गर्छन् ? संस्कृत पढेपछि त्यही पुरेत बन्ने त होला? पुरातनवादी सोच हुन्छ यी संस्कृत पढ्नेहरुको त । मासु खाँदैन, वाइन, वियर पिउँदैन, कसरी जिन्दगीमामजा गर्छ यसले ?वाहदुनियावाहतिम्रो मजागर्ने तरिका ।

गुरुकुलमा गुरुको वचन र नियमलाई पालना गर्दै गायत्रीउपासना गरी “बृहद्ब्रह्माण्ड यद्रुपं तद्रुपं क्षुद्ररुपकम्” पढ्दै “मातृवत् परदारेषु परद्रव्येषु लोष्ठवत् आत्मवत् सर्वभूतेषु यःपश्यति स पण्डितः ” भन्ने श्लोक मनमानमेटिनेगरी राखेर जीवनयात्रामाउत्रेको एउटा युवकले कसरी मजा गर्छ होला जिन्दगीमा?“परमप्रेमरुपाभक्ति”“ब्रह्म सत्यं जगन्मिथ्या”“एकोऽहं बहुश्यामः” “स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः”“विद्याददातिविनयम्” “अहं ब्रह्मास्मि”“तत्वमसि”“अन्नं ब्रह्म” जस्ता उक्ति र सुक्तिलाई मननगर्ने “बसुधैव कुटुम्बकम्” लाई आफ्नै मुख्य नारा बनाउने एउटा बटुक युवक कसरी मजा गर्छ होलाजिन्दगीमाजसले आन्तरिक आनन्द नै मुक्तिहो, मोक्ष हो ; असार जीवनमा सार तत्वको प्राप्ति नै जीवनको लक्ष्यहो भन्छ त्यो सच्चायुवकले जीवनमा के मजागर्ला ?

हाम्रा कुनैपनि देवीदेवताहरु र ऋषिमुनिहरु कुनैपनि ख्याउटे, नराम्रा र माग्ने देखिन्नन् । यहाँसम्मकी कोही पनि श्रीमतिविहिन छैनन् । सबै खाईलाग्दा, हृष्टपुष्ट हँसिला देखिन्छन् । सपत्नी सहित यज्ञ गर्ने विधिविधान हरु छन् । यसबाट यो कुरा बुझिन्छ की सांसारिक धर्म पालनागर्दै शरीरको पनि हेरविचार गर्दै धार्मीक तथाआध्यात्मिककार्यमाप्रवृत्त हुनुपर्दछ । तब एउटा युवकब्रह्मचर्य आश्रमबाट गुरु आज्ञालिई गृहस्थाश्रममाप्रवेश गर्छ तर अफशोच आजत्यो व्यक्तिको नाम टपरे हो । म राम्रोसँग कम्प्युटर जान्दछु । मोबाइलका हरेक अंगहरु म जान्दछु । कनिकुथीअंग्रेजीपनिबोल्दछु । उर्दू, फारसी र अरबी का केहीकविता र गजलहरु गुनगुनाउँछु ।आँफै पनि केहीकविता र गजलहरु लेख्छु । तर एउटा बोर्डिङ् बाट अथवा सरकारी स्कूल बाटै एस.एल.सि पास गरेको भाईले मलाई गिज्याउनुमाआफ्नो गौरव ठान्दछ । संस्कृतका मनगढन्ते अनुवादमा त्रुटि देखाउनु त उनीहरुको जीवनको महानकार्य हो । ओ घटिया सोचका पाश्चात्यपुजारीहरु ! म भगवान् सँग प्रार्थना गर्छु कि तिमीहरुलाई छिट्टै सद्बुद्धि प्राप्तहोस् ।

म एक लाचार वेवशयुवाहुँ । मैले कामगर्ने क्षेत्र छैन । पैसाकमाउने उपाय छैन । म आजदेखि घरमापनि हेपिएर रहनुपर्छ । भाईको पनिअर्ति र गालि सुन्नुपर्छ । म बाटोमा हिँड्दा आँखा झुकाएर हिँड्नुपर्छ । मैले फेसबुक टुइटर र इन्स्टाग्राम चलाउनु हुँदैन । मैले जिन्स पाइन्ट लगानु पापहो । मैले केटीलाई मन पराउनु हुँदैन । सुन्दर केटीलाई मैले नरकको द्वार मान्नुपर्छ । मैले आँफुलाई मनपर्ने चीज बजारमा किनेर खानुहुँदैन । मैले केवल मन्दिरमा पूजा गर्ने हो । म सबैसँग नम्र भएर बोल्नुपर्छ, चाहे त्यो मान्छे म माथीज्यानै लिनेगरी नै आक्रोशितकिननहोस् । मैले अरुलाई केहीभन्नु भनेको संस्कतशिक्षालाई मैले गरेको अपमानहो । अरुले जतिहोच्याएपनि म मुसुक्कहाँसेर सहनुपर्छ । ओहो भगवान् म कस्तो जन्तु हुँ? संस्कृत पढ्ने नयाँजन्तुको आविश्कार भएकै हो त ? के यो मैले लेख्नु हुँदैनथ्यो । मैले त मेरो प्रगतिहुनदिनहुन्थेन । प्रतिभालाई संस्कृतले छोप्नुपथ्र्यो ।

यी कुराहरु लेखिरहँदा यसतलआउने टिकाटिप्पणी लाई सम्झेर केही क्षण आफ्नै मनमा घोत्लिएँ । एउटाले पक्का भन्छ यो ‘हुति‘ नभको केटो हो । अर्कोले थप्छ, यसको विचार नै हारेको छ । र अर्कोले यो फललाई पक्व बनाउँछ “यसलाई आउने नै यहीअलिकति लेख्न त हो ” । आखिर कुरा त ठिकै हो । मैले कहाँनिर गएर मेरो विचारलाई जिताउने होला?कहाँगएर मेरो हुतिलाई , मेरो विश्वास र आत्मबललाई बढाउने होला?भन्ने सोच्दायही लेख्ने कुरा पहिले आइलाग्छ । फेरि अर्को मनले सोच्छ ; राजनितिपो गर्ने हो कि ?त्यही बेलागोजि चिच्याउँछ र त्यो विचारको अन्त्य हुन्छ ।

म एउटा सक्षम मस्तिष्क भएको स्वच्छ विचार भएको एउटा पाञ्चभौतिक शरीर हुँ । ममा अनन्तविचार र अनन्त सृजनाहरु छन् । ममा विश्वपरिवर्तन गर्न सक्ने सामथ्र्य छ । म परमात्माको एउटा पूर्ण सृष्टि हुँ । म मा केही कमी छैन । म नै ब्रह्महुँ र ब्रह्म नै म हुँ । यी कुरा सोच्दै गर्दा म संस्कृत पढ्ने विद्यार्थी हुँभन्ने कुरा सोच्यो भने माथीका सारा आडम्बरहरु एक क्षणमा नष्ट हुन्छन् ।त्यसैले मेरो घोषणा बदलिन्छ । म एउटा संस्कृत पढेको, आजको जमानामा केहीका मनभएको बुर्जुवा शिक्षा प्राप्त मुढ हुँ । म मा केवल रुद्रीहोम र चौरासी गर्ने सीप छ । म परमात्माको सबैभन्दा घटिया सृजनाहुँ । म आँफैलाई पनि परिवर्तन गर्न सक्दिन । म मा हरेक कुराको कमीमात्रै छ । गफै त हो सोल्टिी ।

संस्कृतलाई हेर्ने नजर बदलियोस् । संस्कृत पढ्ने युवाहरु के कुरामा कमी छन् ? सबैलाई हाँक दिनसक्छौँ हामी ल प्रतिस्पर्धा राख्नुस् हामी कुनै कुरामा कोही भन्दा कम छैनौँ । संस्कृत हरेक भाषा र विज्ञानको जननीहो । जयतु संस्कृतम् देखि हलन्त बहिष्कार आन्दोलन गर्नेहरु पनि संस्कृत पढ्ने विद्यार्थी नै हुन् । पुष्पक विमानका पिताहुन् । नाशाका रकेट उड्दा सकुशलताका लागि वेदपाठ गर्ने व्यक्ति हुन् । नागासाकि हिरोसिमामा वेदकाऋचाले पानि पार्ने नरहरीनाथ हुन् । हिमालयका कुनाकन्दरामा रहेर सबैसँग छिपेर संसारको हेरविचार र संचाल नगर्ने ऋषिमुनि हुन् । कणाद, गौतम, पतञ्जली, जनक, भृगु र भारद्वाज हुन् । विश्वहितको कामना गरी नित्य स्वब्रह्मतपलाई परहितकार्यमा समर्पित गर्ने साधु हुन् । हरेकसँग मित्रता र नरमता राख्ने अमृत समान जलराशि हुन् । हरेकलाई शितलता दिने हिमालय हुन् । उपनिषद् र वेद सृजनागर्ने व्यक्तिहुन् । संस्कृत पढ्ने विद्यार्थी नै वास्तवमा शिष्य हुन् ।

साहेव ! सर्टीफिकेट नामको एउटा खोस्टो भएन भने त तपाईँ जतिसुकै जान्ने र सिपालु भएपनि केहीकाम छैन । सन्सास लिएर जंगल पस्ने जमाना छैन । म स्पष्ट वक्ताहुँ । मेरा हरेक वाणाीहरु ओजपूर्ण हुन्छन् । म मा साधनागर्ने जाँगर र क्षमता कूटकूट भरिएर रहेको छ । म संसारको आगोलाई क्वाप्प निल्ने सामथ्र्य राख्छु । म एउटा शब्दको व्याख्यामा पुरा जीवन विताइदिन सक्छु । म “यज्ञात् वर्षतु पर्जन्यः..” भन्ने मन्त्रलाई साकार पारिदिन सक्छु । म नरहरीनाथ हुँ, म हैडाखानी बाबाहुँ, म पृथ्वीनारायण हुँ । म यो देशको मियो हुँ । मज गको पत्थर हुँ जुन भवन उठेपछि कहीँकतै देखिदैन । म गोरखनाथ काली र चन्दननाथ हुँ । म जानकी, जनक, याज्ञवल्क्य र मुक्तिनाथहुँ । म मेची कोशी कर्णाली गण्डकी र महाकाली हुँ । म हिमाल पहाड तराई हूँ । तर मित्र म संस्कृत पढ्ने टुप्पी बाहुन हुँ । तिम्ले भन्ने गरेको ढुङ्गा पुज्ने मान्छे र तिम्रो आँखाले देखेको अन्धविश्वास र रुढीवादी बुर्जुवा शिक्षा संस्कृत पढ्ने विद्यार्थी हुँ भन्दा मलाई हिनताबोध होइन अपितु स्वात्म गौरव र विशालता को गर्व हुन्छ । धन्यवाद । जयतु संस्कृतम् ।

Related Articles

आलस्य; निर्वाण काश्यपको ब्लगबाट

यो देशमा कम्युनिस्ट अमेरिका जान्छ्न दक्षिणपन्थी उकालो लाग्छ्न।सिद्धान्तका कुरा काठमान्डौ गएर मोमो सङ्ग चपाउन बाँकी छ। उस्ले भन्यो”केही नगरी त्यतिकै बस्न बोर लाग्दैन ?”मैले भने…

Responses

Your email address will not be published. Required fields are marked *