यो देशमा कम्युनिस्ट अमेरिका जान्छ्न दक्षिणपन्थी उकालो लाग्छ्न।सिद्धान्तका कुरा काठमान्डौ गएर मोमो सङ्ग चपाउन बाँकी छ।
उस्ले भन्यो”केही नगरी त्यतिकै बस्न बोर लाग्दैन ?”मैले भने “लौ केही गर्न पो दु:ख बस्न त कति मज्जा के बोर लाग्ने ? आनन्द बस्यो खायो पुस्तक हेर्यो फिल्म हेर्यो मुत्न गयेर आएसी फेरि हेर्यो” जिन्दगी मा के आत्तुरी छ र लौ ? पैसा कमाउने जागिर खाने भनेको सुख प्राप्तीको लागि हो आफुलाई हाईसुख छ परमानन्द प्राप्तिको अनुभुति हुन्छ।गितामा पढेको थिएँ “ब्यबसायित्मिका बुद्धि एकेह कुरु नन्दन:” टन्न खायो समय बितायो बस्यो।समस्या र चिन्ता भनेको लिए आउँछ नत्र आफै हराँउछ।म पनि त्यही गिता बाट प्रदर्शित मार्ग रोज्दै छु।अगाडि अर्जुनको सुन्ने पालो “सङ्गं त्यक्त्वा धनन्जय”।बाहिर धेरै हिड्न हुन्न धेरै मान्छे धेरै चरित्रका हुन्छ सबको सँगत गर्दै हिड्दा कहिले के हुन्छ पत्तो छैन।
उता अरस्तुले आफ्नो पोलिटिक्समा राज्य भन्दा माथी एउटा स्वाधिन मौलिक अधिकार हुन्छ भनेछ्न म जन्मन भन्दा २४०० बर्ष अघि भनिसकेछ्न त्यही अधिकारको उपयोग गरेको कुनै देशको सँबिधानले मलाई अल्छी भन्न पाउन्न।उनलै परिभाषामाम एउटा विकृत राज्य को विकृत नागरिक।आखिर किन विकृत नागरिक भएँ ईतिहास लामो छ टिकारामको टुप्पी झैँ।”शुद्ध नागरिक” हुन सम्पती कमाउन पर्थ्यो बुढा आफैले थपिदिए”श्रेष्ठ जीवनलाई सम्पतिको आवश्यकता पर्छ” पृथ्वीनारायण शाह ले पाण्डेयलाई ब्राह्मण भनिदिए श्रेष्ठ हुन नेवार हुनै पर्थ्यो। खैर सम्पती कमाउनु परेन अर्को फिल्म हेर्ने समय थपियो।म अभुक्त भोगी अझ लियोनल रबिन्सको आँखामा म झन जोगि।अल्छी नलाको भए सिधै बिशालबजार गएर पहेला कपडा किन्थेँ।
अब जाउ मुक्तिनाथ पारी चीन तिर इशा पुर्व ५५१ मा जन्मेका कन्फ्युसियसले चुतुङ्ग राज्यका मै जस्ता प्रजालाई देखेर हो कि के हो भबिस्यबाणी गरेका रे”जुन मानिस स्वयँलाई संयमित बनाउन सक्दैन उस्ले अरुलाई शासन गर्न सक्दैन। बिस्तारामा पल्टनु जाँगरहीन भन्दा पनि संयमित हुनि भनेको होला।कामै पाए नि के गर्नु बसि बसि गर्ने काम हुँदैन उभिरहन नि किन उभिनु? संसार भरी अरुलाई शोषण गर्न बसेका कन्चट भरी बुजुर्वा ठेलिका मक्किएका सिद्धान्त हरु निला खल्तिको कालो बाक्सा भित्र बन्द छ्न।यो देशमा कम्युनिस्ट अमेरिका जान्छ्न दक्षिणपन्थी उकालो लाग्छ्न।सिद्धान्तका कुरा काठमान्डौ गएर मोमो सङ्ग चपाउन बाँकी छ।तपाईलाई था छ “पुँजिपतिले कम मुल्यमा तपाईको श्रम किन्छ र बस्तु अधिक मुल्यमा बेच्छ”आफ्नो कारण आफै धनी हुने सोच छ। मार्क्स बुढा मेरा हितैषी रैछ्न क्यार।
म नेपालको बुटवलबाट नागरिकता लिएको एउटा मान्छे केटो छोरो नाति ज्वाइँ सालो अनेक ओल्टन पल्टन।जे होस बुट्वल बसेरै उत्तरी राज्यको यार्शा र दक्षिणी राज्यको चिनि सुघेर बस्न पाईएछ।क्रान्तिको उद्देश्री के? बर्गसंघर्षको उद्देश्य के भन्दा बर्गबिहिन र राज्यबिहिन समाजको स्थापना। हैट राष्ट्रनिर्माताको अपमान गरेर बर्ग छुट्टाएर बुझ्न राणाहरुले बराजुको पालामा ठेटी लगाईदिएका अरे।अनि राज्यबिहिन राज्यमा बसेसी यो नागरिकता कोके काम होला र?
दुई चार लाईन घोकेर जान्ने पल्टन भन्दा बिस्तारामा पल्टन ठिक।हुन त झन पल्टन ठिक पेन्सन वाला।शंकराचार्य भन्छ्न संसारमा सबै कुरा अनित्य छ्न चेतना मात्र नित्य छ। घाम लाग्दा चरत्त पोल्यो सायद अझै जीँउदो छु क्यार।अनित्य संसारमा के पो गर्नु।यति बेर यता र उता अल्टन पल्टन गरेको पुर्विय र पाश्चात्य दृष्टि बाट आफैलाई अल्छी देखाउनु थियो।सायद भएं होला पनि।
आ………. अब बसेर एउटा फिल्म हेरिन्छ।
Written by: Gokul Pandey (Nirwan)
relax having fun